Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: सुदुरपश्चिमविरुद्ध जनकपुरले पहिला ब्याटिङ गर्दै

एनपीएल: सुदुरपश्चिमविरुद्ध जनकपुरले पहिला ब्याटिङ गर्दै

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

टस जितेर जनकपुरले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेलमा जनकपुरले नियमित कप्तान अनिल शाहलाई ड्रफ गरेको छ।

कप्तानको जिम्मेवारी वायन पार्नेललाई दिइएको छ। अनिलको स्थानमा आदित्यलाई अवसर दिइएको छ। सुदूरपश्चिमले पनि १ परिवर्तन गरेको छ। नरेन साउदको स्थानमा मिलन बोहरालाई खेलाएको छ।

सुदूरपश्चिम जारी एनपिएलको एक मात्र अपराजित टोली हो। उसले लगातार खेलमा जित निकालेर ८ अंक बनाएको छ। यो जितले सुदूरपश्चिम प्ले अफमा पुग्ने निश्चित हुनेछ।

साविक विजेता जनकपुर भने जारी एनपिएलमा जित निकाल्न नसकेको एक मात्र टोली हो। लगातार ३ खेल हारेको जनकपुर अंक तालिकाको पुछारमा छ। त्यसैले आजको जित उसको लागि निकै महत्वपूर्ण रहनेछ। जितले प्ले अफको संभावना कायमै रहनेछ।

यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले दोस्रो जितका साथ प्ले अफको संभावनालाई कायमै राखेको छ। लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो। पोखराको यो चौथो खेलमा तेस्रो हार हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077