काठमाडौं । पोखरामा अवतरण गर्न लागेको बुद्ध एयरको विमान चरासँग ठोक्किएको छ ।
शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवरणका क्रममा चरासँग ठोक्किएको हो ।
काठमाडौंबाट पोखराका लागि उडेको उडान संख्या ६१७, जहाज ९ एन–एओसी विमान चरासँग ठोक्किएको बुद्ध एयरले जनाएको छ । चरासँग ठोक्किएको विमानका यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् ।
पोखरास्थित बुद्ध एयरको प्राविधिक टोलीले विमानको चाँज गरिरहेको बताइएको छ ।