Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएलमा आज कर्णाली र काठमाण्डू भिड्दै, दुवैलाई जित्नैपर्ने दबाब

एनपीएलमा आज कर्णाली र काठमाण्डू भिड्दै, दुवैलाई जित्नैपर्ने दबाब

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाण्डू गोर्खाज खेल्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे ३ बजे खेल सुरु हुनेछ ।

सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी कर्णाली याक्सले एउटा मात्र जित निकालेको छ ।

दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौं पाँच खेलमा तीन खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौंका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077