Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीको स्पष्टीकरण: कुनै धर्म वा समुदायलाई होच्याउने मेरो नियत होइन

प्रधानमन्त्री कार्कीको स्पष्टीकरण: कुनै धर्म वा समुदायलाई होच्याउने मेरो नियत होइन

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय नभएको बताएकी छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिको आलोचना भएपछि आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले स्पष्टीकरण दिएकी हुन्।

सबै धर्म वा समुदायप्रति आफ्नो उत्तिकै सम्मान रहेको भन्दै प्रधानमन्त्री कार्कीले लेखेकी छिन्- 'कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।'

प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077