Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

एनपीएल: कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को १८ औँ खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्यािटङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनायो।

कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक ४९ रनमा अविजित रहे। उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

प्रियांक पञ्चाल रोयल डकको रुपमा पेभेलियन फर्किए। उनी खेलको पहिलो बलमा करण केसीको बलमा कट एण्ड बोल्ड भए। दोस्रो विकेट विलियम वासिस्टो १ रनमा रनआउट भए। १ ओभर सकिँदा कर्णाली याक्सको दुई विकेट गएको थियो।

तेस्रो विकेटको रुपमा मार्क वाट रन आउट भए। उनले ३० रन बनाए। चौथो विकेट पवन सर्राफ ३५ रनमा सन्तोष यादवको बलमा एलबीडब्ल्यू आउट भए। नजीबुल्लाह जद्रान १२ रनमा क्याच आउट भए। सोमपाल कामी ६ रनमा कट एण्ड बोल्ड भए।

सातौं विकेट दिपक डुम्रेको विकेट गयो। उनी १० रनमा बोल्ड भए। सातौं विकेटका लागि दिपक र गुल्सनले ५५ रनको साझेदारी गरे।

नन्दन यादव १ रनमा अविजित रहे। काठमान्डु गोर्खाजका लागि रासिद खानले २ विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए।

चार खेल खेलेर एक खेल मात्रै जितेको कर्णाली याक्स दुई अंकका साथ छैटां स्थानमा छ ।

काठमाडौं गोर्खाज पााच खेल खेल्दा दुई खेल जितेर चार अंकसहित तेस्रो स्थानमा छ । दुवैलाई प्लेअपमा पुग्न जित्नै पर्ने दबाब छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077