Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले गरिन् सहिद परिवारसँग छलफल

प्रधानमन्त्री कार्कीले गरिन् सहिद परिवारसँग छलफल

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा सहिदका परिवारसँग छलफल गरेकी छन् ।

सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कार्कीले शनिबार सिंहदरबारमा छलफल गरेकी हुन् । छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो ।

भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरूद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।

यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन् ।
प्रधानमन्त्री कार्की र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आन्दोलनको म्यान्डेट र सहिद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताएका थिए।

छलफलमा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077