Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएलमा आज विश्राम, भोलि दुई खेल

एनपीएलमा आज विश्राम, भोलि दुई खेल

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेल सञ्चालन हुने छैनन् ।

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिकाअनुसार खेलाडीहरूको थकान व्यवस्थापन र मैदान मर्मतका लागि आजको दिनलाई ‘विश्राम दिन’ का रूपमा राखिएको छ ।

भोलि मंगलबार भने दुई खेल हुनेछन्। भोलि बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछभने अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ ।

जारी अंकतालिका अनुसार भोलिको खेल विशेष गरी जनकपुर बोल्ट्सका लागि ‘गर वा मर’ को स्थितिमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077