Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: चितवन जनकपुरसँग ६ विकेटले पराजित

एनपीएल: चितवन जनकपुरसँग ६ विकेटले पराजित

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हराएको छ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। १७७ रन लक्ष्य पाएर मैदानमा उत्रिएको जनकपुरले १७।३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।

जनकपुरका लागि माझ सदाकतले सर्वाधिक ६३ रन बनाए भने अनिल साहले ६१ रनको योगदान दिए। आशिफ शेख १८, जन निकोल लफ्टी इटन ११ रन बनाएर आउट भए। आदित्य महताले १८ रनमा नटआउट रहे।

चितवननका लागि कमल सिंह ऐरी, सोहेल तान्विर र अमर रौटेलाले समान एक एक विकेट लिए।

चितवनका लागि डेविड मलनले सर्वाधिक ८० रन बनाए। अर्जुन साउदले ५२ रनको योगदान दिँदा रवि बोपरा र सैफ जैवले क्रमश ३ र ७ रन बनाए। कुशल मल्लले अविजित ३० रन बनाए।

जनकपुरका लागि माझ सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी इटनले समान एक एक विकेट लिए।

आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।

प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077