काठमाडौं । पोखरा एभेन्जर्सविरूद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा कर्णाली र पोखराबीच प्रतिस्पर्धा हुनेछ।
समान २ अंक जोडे रहेका यी टीली मध्ये पोखराले १ खेल कम ४ खेल खेलेको छ।
प्लेअफको दौडमा रहेका यी दुईबीचको नतिजामा भर पर्छ। पोखरासँग हारेमा कर्णाली ६ खेलमा २ अंकसहित प्लेअफको दौडबाट बाहिरिनेछ। यस्तोमा अन्तिम खेल जितेपनि ४ अंकमात्र बन्ने हुँदा प्लेअफका लागि त्यो पर्याप्त हुँदैन।
४ खेलमात्र खेलेको पोखरालाई भने जितले प्लेअफको सम्भावना जिवित राख्नेछ।
आजै भएको पहिलो खेलमामा चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हराएको थियो।