Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएलमा आज लुम्बिनी र विराटनगर आमनेसामने हुँदै, लुम्बिनीलाई जित्नैपर्ने दबाब

एनपीएलमा आज लुम्बिनी र विराटनगर आमनेसामने हुँदै, लुम्बिनीलाई जित्नैपर्ने दबाब

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज अपराह्न ४ बजे खेल सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अंक जोडेको छ ।

रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमा मात्र जित हात पारेको छ ।

प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077