Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगर ५ विकेटले पराजित

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगर ५ विकेटले पराजित

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सले जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानमा रहेको विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा डार्सीले ४४ बलमा ४ चौका र दुई छक्काको मद्दतले ५७ रनको योगदान दिए । यस्तै निरोशन डिक्वालाले २९, सन्दीप जोराले २४ र दिलीप नाथले १६ रनको योगदान दिए। जसको मद्दतले १७ ओभर ४ बलमै ५ विकेट गुमाएर लुम्बिनीले लक्ष्य भेट्टायो।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुबास भण्डारीले दुई–दुई विकेट लिँदा बसिर अहमदले एक विकेट लिए।

यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए। जसमा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको थियो।

जसमा बसिर अहमदले १९ बलमा २८ रनको योगदान दिँदा लोकेश बमले ४२ बलमा ३५ रन बनाए। यस्तै साम हेजलेटले २० बलमा २७ रनको योगदान दिएका थिए। लुम्बिनीका बलर शेर मल्लले ३, जेजे स्मिथ, अभिशेष गौतम, रुबेन ट्रम्पलम्यानले एक–एक विकेट लिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077