Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हामी काम गर्न आएका हौँ, भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री कार्की

हामी काम गर्न आएका हौँ, भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन : प्रधानमन्त्री कार्की

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारको अभियान अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

जेनजी आन्दोलनको भावना र जनअपेक्षाअनुसार सरकार अघि बढिरहेको बताउँदै उनले निर्वाचन तयारीसँगै सुशासन र पारदर्शिताका लागि कठोर कदम अख्तियार गरिएको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले बुधबार सिंहदरबारमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्दै सरकार भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डासहित अघि बढेको बताइन् ।

'हामी काम गर्न नै आएका हौँ। युवाले बलिदान दिएर गरेको विद्रोहको मर्मअनुसार काम गर्नुपर्छ। यो वा त्यो बहाना गरेर पन्छिन पाउँदैनौँ। हामी रोकिँदैनौँ,' प्रधानमन्त्री कार्कीले भनिन् ।

उनका अनुसार सरकारले एकातिर निर्वाचन तयारीलाई तीव्र बनाइरहेको छ भने अर्कातिर सुशासनका आधारहरू मजबुत बनाउन निरन्तर पहल चलाइरहेको छ ।

भ्रष्टाचार छानबिनका लागि राज्यका विद्यमान संरचनाहरू पर्याप्त रहेकाले थप आयोग गठन नगर्ने निर्णय भएको प्रधानमन्त्री कार्कीले स्पष्ट पारेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077