काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको हो ।
हालै नेपाल सरकारले श्रीलंकामा आएको भीषण बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ लाख अमेरिकी डलर सहयोग घोषणा गरेपछि श्रीलंकाली पक्षले आभार व्यक्त गरेको छ ।
श्रीलंकाकी प्रधानमन्त्री अमरसुरियाले नेपालले विपद्को समय दिएको सहयोगलाई महत्त्वपूर्ण र भावनात्मक भनेकी छिन् । उनले भनिन्, 'हामी कहाँ विपद् आएको कठिन घडीमा नेपालले सहयोग पठाइदिनुभयो, यसको लागि हार्दिक धन्यवाद छ। हामी आभारी छौँ।'
जवाफमा प्रधानमन्त्री कार्कीले नेपाल–श्रीलंका सम्बन्ध छिमेकी र मानवीय भावनामा आधारित रहेको उल्लेख गर्दै सहयोग नेपालको दायित्व भएको बताइन्।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक तथा सामाजिक परिस्थितिबारे पनि समकक्षी अमरसुरियालाई जानकारी गराएकी थिइन् ।