Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएल: काठमाण्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

एनपीएल: काठमाण्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । कीर्तिपुरस्थित जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले ८ विकेट गुमाएर १६५ रन बनायो।

काठमाण्डुका लागि बेन चार्ल्सले सर्वाधिक ६४ रन बनाए भने भीम सार्कीले २३ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिए।

मिलिन्द कुमार १३, जोन सिम्पसन २, मोहम्मद आदिल अन्सारी र रसिद खानले समान ७र७ रन बनाउँदा करण केसी ४ रनमा आउट भए। आकाश त्रिपाठी शून्यमै पेभेलियन फर्किए।

पोखराका लागि धन्नजय लक्षणले चार कुशल भूर्तेलले दुई, विपिन खत्री र किरण ठगुन्नाले समान एक एक विकेट लिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077