Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान, के-के छन् एजेन्डा ?

प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान, के-के छन् एजेन्डा ?

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् ।

बैठक  शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, जेनजी प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा निर्वाचन आयोगका पदाधिकारीलाई सहभागी हुन निमन्त्रणा गरिएको छ ।

निर्वाचनसम्बन्धी समग्र तयारी, आवश्यक वातावरण निर्माण, सुरक्षा योजना तथा सम्भावित चुनौतीहरूको साझा मूल्यांकन बैठकको मुख्य एजेन्डा रहने जनाइएको छ ।

यो विषयमा प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दलहरूसँग दलगत रूपमा समेत छलफल गरेकी छन् ।

आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक पूर्वाधार तथा सुरक्षा व्यवस्था तयारीमा तीव्रता दिएको छ । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक सहमति र समन्वयलाई मजबुत बनाउन प्रधानमन्त्री कार्की सक्रिय रूपमा संवादमा जुटेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077