Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिमको अविजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

सुदूरपश्चिमको अविजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले अविजित यात्रा कायम राख्दै चितवन राइनोजलाई ४९ रनले हराएको छ।

१७० रनको लक्ष्य पछ्याएको चितवनलाई १२० रनमा अलआउट गर्दै सुदूरपश्चिमले लिगमा लगातार छैटौँ जित निकालेको हो।

चितवनलाई सस्तैमा रोक्ने क्रममा पुनित मेहराले दुई ओभर १ बलमा १४ रन खर्चिँदै ३ विकेट लिए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनास बोहरा र ईशान पाण्डेले एक–एक विकेट लिए।  

चितवनका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन बनाउनुबाहेक अन्य ब्याटर चल्न सकेनन्। जसका कारण १७ ओभर एक बलमै सबै विकेट गुम्न पुगे।  

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमको टोलीले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १६९ रन जोडेको थियो।

जसमा ओपनर क्रिस लिनले ५६ बलको सामना गर्दै ७५ रन जोडेका थिए। उनीबाहेक सुदूरपश्चिमका लागि विनोद भण्डारीले २१, आरिफ शेखले २४, कप्तान दीपेन्द्रसिंह ऐरीले २४ रनको योगदान दिए।  

बलिङमा चितवनका सैफ जैबले २, रञ्जित कुमारले १, जर्ज स्क्रिमशले १ विकेट लिए।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077