Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक, को-को छन् सहभागी ?

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक, को-को छन् सहभागी ?

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरू भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको हो ।

बैठक सरकार, दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरू उपस्थित छन्।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, छलफलमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल, अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिल सिन्हालगायत सहभागी छन्।

नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट नेता प्रकाश ज्वाला, रास्वपाबाट नेताहरू शिशिर खनाल र सोबिता गौतमलगायत सहभागी छन्।

यस्तै सुरक्षा निकायबाट सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सेनापति असोकराज सिग्देल, र निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत सहभागी छन्।

बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077