Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न माग, एमाले मोरङले दियो जाहेरी

आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न माग, एमाले मोरङले दियो जाहेरी

शुक्रवार , मंसिर १९, २०८२

मोरङ । नेकपा एमाले मोरङले जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको छ ।

भदौ २४ गते भएको उक्त घटनापछि एमाले मोरङले विस्तृत अध्ययन गरी तयार पारेको प्रतिवेदनका आधारमा १४ वटा जनसंगठनहरूको सामूहिक पहलमा प्रहरीमा आधिकारिक जाहेरी दर्ता गराइएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई जाहेरी बुझाइएको एमाले मोरङ कार्यदलका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

जाहेरी ग्रहण गर्दै एसपी कटुवालले घटना गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै दोषी पहिचान र कारबाहीका लागि प्रहरी सक्रिय रूपमा लागेको बताए । उनका अनुसार एमालेद्वारा पेश गरिएको फोटो, भिडियो तथा प्रमाणहरू अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्नेछ।

एमाले मोरङका सचिव सोमराज थापाका अनुसार जनसंगठनहरूको सामूहिक जाहेरीसँगै घटनामा संलग्न व्यक्तिहरूका विवरण, आपराधिक क्रियाकलापमा सहभागी समूहका तस्बिर तथा भिडियोहरू समेत समावेश गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077