Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वपक्षीय बैठकमा कांग्रेसले भन्यो - चुनावमा जान्छौँ, तर कुनै पनि थ्रेट स्वीकार गर्दैनौँ

सर्वपक्षीय बैठकमा कांग्रेसले भन्यो - चुनावमा जान्छौँ, तर कुनै पनि थ्रेट स्वीकार गर्दैनौँ

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसले आसन्न निर्वाचनका विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेतृ पुष्पा भुसालले पार्टीले कुनै पनि किसिमको धम्की, दवाव वा अवरोधलाई स्वीकार नगर्ने स्पष्ट संदेश राखेको बताएकी हुन् ।

भुसालले भनिन्, 'चुनावको वातावरण बनाउनका लागि उम्मेदवार, मतदाता र बुथ सुरक्षामा देखिन सक्ने कुनै पनि थ्रेटलाई नेपाली कांग्रेसले स्वीकार गर्दैन।'

उनका अनुसार यदि चुनावी वातावरणमा असुरक्षा वा अव्यवस्था सिर्जना भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ। कांग्रेसले सुरक्षा चुनौती समाधान गर्न सक्नेगरि सरकारलाई सतर्क र तयार रहन सुझाव दिएको भुसालले जानकारी दिइन्।

कांग्रेसले सरकारले तोकेको मितिमै चुनावमा जाने स्पष्ट प्रतिबद्धता जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077