Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एनपीएल: सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा

एनपीएल: सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ब्रेक लागेको छ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर १४८ रन बनायो।

विराटनगरका लागि ओपनरद्वय फाफ डु फ्लेसिस र साम हेजलेटले क्रमश ५० र ५१ रनको योगदान दिए। मार्टिन गुप्टिल २२ रन र बसिर अहमद ८ रनमा आउट भए। प्रतिश जिसि १३ र लोकेश बमले ३ रनमा अविजित रहे।

सुदूरपश्चिका लागि अविनास बोहराले दुई हर्मित सिंह र समान एक एक विकेट लिए।

विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिम १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेर यसअघि नै पहिलो क्वालिफायरमा पुगिसकेको छ।

सुदूरपश्चिमलाई पराजित गरेपछि दोस्रो स्थानमा उक्लेको विराटनगर १० अंकसहित पहिलो क्वालिफायर खेल्नेछ।

त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077