काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि ८ विकेटको सानदार जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १ सय २१ रनको लक्ष्य पोखराले २ बल बाँकी छँदै १९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
पोखराका लागि ओपनर एडम रोसिङ्टनले सर्वाधिक ६५ रन बनाए । अर्जुन कुमाल ४३ रनमा र जेसन रोय ६ रनमा अविजित रहे। चितवन राइनोजका लागि रिजन ढकाल र सैफ जैबले १–१ विकेट लिए। थ्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए । उनले ४१ बलमा १ चौका र १ छक्का प्रहार गरे। पहिलो विकेट अर्जुन साउद बोल्ड भएपछि १ रन पनि नजोड्दै २ विकेट गुमाएको हो। अर्जुन साउद १ रनमा बोल्ड भए। दोस्रो विकेट डेविड मलानको गयो। उनले ५ रन बनाए। तेस्रो विकेट रवि बोपारा १ रनमा क्याच भए। सैफ जैबले १७ रन बनाए। कुशल मल्ल २३ रनमा क्याच भए। उनले अल्पेश रमजानीसँग छैटौँ विकेटको लागि ३९ रनको साझेदारी गरे। अल्पेश रमजानी ३३ र कमल सिंह ऐरी २ रनमा अविजित रहे। पोखरा एभेन्जर्सका लागि बलिङ तर्फ धनन्जय लक्सनले ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले १–१ विकेट लिए।