Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पार्टीको भविष्य सुनिश्चित गर्न ओलीको नेतृत्व अपरिहार्य छ : शंकर पोखरेल

पार्टीको भविष्य सुनिश्चित गर्न ओलीको नेतृत्व अपरिहार्य छ : शंकर पोखरेल

शनिवार , मंसिर २०, २०८२

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी महाधिवेशनमा फेरि केपी शर्मा ओलीलाई नै पार्टी अध्यक्ष बनाउने आवश्यकता देशको राजनीतिक परिस्थितिले निर्धारण गरेको दाबी गरेका छन् ।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित ११औँ महाधिवेशन प्रचार समितिको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ओली “जटिल राष्ट्रिय चुनौतीहरू सामना गर्न सक्षम नेता” भएको पुनः पुष्टि भएको बताएका हुन् ।

उनका अनुसार, मुलुकलाई स्थिरता र स्पष्ट दिशामा अघि बढाउन अनुभवी र दृढ नेतृत्व आवश्यक छ, र त्यो हैसियत ओलीले सिद्ध गरिसकेका छन्। 'पार्टीको प्रतिष्ठा, निरन्तरता र भविष्य सुनिश्चित गर्न ओलीको नेतृत्व अपरिहार्य छ,' पोखरेलले जोड दिए।

महासचिव पोखरेलले हाल देखिएको केपी शर्मा ओलीमाथिको ‘चौतर्फी घेराबन्दी’लाई व्यक्तिगत हमला नभई व्यापक राजनीतिक डिजाइनको हिस्सा भएको टिप्पणी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077