काठमाडौं । दक्षिण अफ्रिकासँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङखला भारतले २–१ ले जितेको छ ।
गएराति भएको तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै शृङ्खला जितेको हो ।
दक्षिण अफ्रिकाले दिएको २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमै १ विकेट गुमाएर भेटायो ।
भारतका ओपनर यशस्वी जैसवालले अविजित १ सय १६ रनको शतकीय पारी खेले । दक्षिण अफ्रिकाका केशव महाराजले १ विकेट लिए ।
त्यसअघि विशाखापट्टनममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४७ ओभर ५ बलमा २ सय ७० रनमा अलआउट भयो ।
दक्षिण अफ्रिकाका क्विन्टन डे ककले १ सय ६ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । भारतका भारतका प्रसिद्ध कृष्णले ४ विकेट लिए ।