Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले हरायो

दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले हरायो

शुक्रवार , मंसिर २६, २०८२

एजेन्सी । दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ । भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले गएराति चन्डीगढमा भएको टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा भारत १९.१ ओभरमा अल आउट हुँदै १६२ रनमा समेटिएको थियो।

भारतका लागि तिलक वर्माले सर्वाधिक ६२ रन बनाए । त्यस्तै जितेश शर्माले २७ रन, अक्षर पटेलले २१ र हार्दिक पाण्ड्याले २० रन जोडे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका ओटेनिल बार्टम्यानले चार विकेट लिए । लुंगी एनगिडी, मार्को जनसेन र लुथो सिपाम्लाले २र२ विकेट लिए।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २१३ रन बनाएको थियो। त्यस क्रममा क्वीन्टन डिककले ९४ रन बनाए । कप्तान एडेन मारक्रमले २९ रन, डेवल्ड ब्रेविसले १४ रन जोडे। डोनोवल फेरेइरा ३० र डेविड मिलर २० रन बनाएर नट आउट रहे।

बलिङतर्फ भारतका वरूण चक्रवर्थीले २ र अक्षर पटेलले १ विकेट लिए। टी-२० सिरिजको पहिलो खेल भारतले दक्षिण अफ्रिकालाई १०१ रनले हराएको थियो। यो नतिजासँगै सिरिज १-१ को बारबरीमा पुगेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077