Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० शृङ्खलामा भारतले दक्षिण अफ्रिकालाई हरायो

टी–२० शृङ्खलामा भारतले दक्षिण अफ्रिकालाई हरायो

सोमवार , मंसिर २९, २०८२

एज्न्सी । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ ।

गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो ।

त्यसअघि धर्मशालामा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका १ सय १७ रन बनाएर अलआउट भयो । यो जीतसँगै पाँच खेलको टी–२० शृङ्खलामा भारतले २–१ को  अग्रता बनाएको छ ।

पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथो खेल पर्सि बुधवार र पाँचौ तथा अन्तिम खेल शुक्रवार हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077