एजेन्सी । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हतियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
पुलिसका अनुसार आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेका थिए ।
बारमा पुगेर ग्राहकमाथि अनियन्त्रित रूपमा गोली चलाएका थिए । उक्त घटनामा परि ९ जनाको मृत्यु र १० जना घाइते भएका हुन् । आक्रमणकारीहरूको खोजी अभियान जारी रहेको बताइएको छ ।
दक्षिण अफ्रिका लामो समयदेखि अपराध र भ्रष्टाचारको सामना गर्दै आएको छ । देशमा गोलीकाण्ड सामान्य घटना हुन् र प्रायः हिंसा अवैध व्यवसाय प्रतिस्पर्धाका कारण हुने गर्छन् ।
यसअघि, डिसेम्बर ६ मा प्रिटोरियासँग नजिकैको सोल्सभिल टाउनशिपको होस्टलमा गोलीकाण्डमा १२ जनाको मृत्यु भएको थियो ।
त्यहाँ अवैध मदिरा बिक्री हुने स्थानमा आक्रमण भएको पुष्टि भएको थियो ।