एजेन्सी । इन्टर मियामीले एमएलएस कपको उपाधि जितेको छ।
आज बिहान सम्पन्न फाइनल खेलमा इन्टर मियामीले भान्कोभर ह्वाइट क्याप्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक एक गोल गरेका थिए भने एक गोल एडीएर ओकाम्पोले आत्मघाति गोल गरे ।
त्यस्तै भान्कोभरका लागि एक गोल अलि अहमदले गरेका थिए । एमएलएस कपको उपाधि इन्टर मियामीले पहिलो पटक जितेको हो।