Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बालुवाटारमा पर्चा, एक युवा पक्राउ

प्रधानमन्त्रीको राजीनामा माग गर्दै बालुवाटारमा पर्चा, एक युवा पक्राउ

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँस्ने प्रकाश शर्मा पक्राउ परेका छन् ।

मिराज ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ अभियानका एक सदस्य प्रकाश शर्माले शनिबार प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका थिए।

जेनजीको बलबाट प्रधानमन्त्री भएकी अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेनजी मागलाई बेवास्ता गरी चुनावको मात्रै रटान लगाएको शर्माको आरोप छ।

शर्मालाई मध्यरातमा घरबाटै पक्राउ गरेर प्रहरी परिसर भद्रकालीमा राखिएको छ

अहिले मिराजसहितको टोली शर्मालाई छुटाउन माग गर्दै भद्रकालीमा पुगेको छ ।

‘गरिखान देऊ’ अभियानले विभिन्न मागहरू राख्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाउन जाँदा सिंहदरबार प्रवेश गर्न नपाएको गुनासो गरेको छ। यसै कारणले गर्दा अभियानले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबार र बालुवाटारमा पटक-पटक प्रदर्शन गर्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077