Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेटवार्ता, के भयो कुराकानी ?

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार पुगेकी थिइन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।

प्रधानमन्त्रीले आगामी निर्वाचन र निर्वाचनको तयारीमा लागेको सरकारका कामका बारेमा पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी थिइन् ।

त्यस्तै जेन(जी आन्दोलन, आन्दोलनका शहीद परिवारको माग, घाइतेको माग र माग सुनुवाइका क्रममा सरकारले गरेको कामका विषयमा पनि पूर्वराष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँगको भेटपछि सिंहदरबारको अवलोकन गरेकी छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077