Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेनजी आन्दोलनमा सरकारी कार्यालय र व्यक्तिका घर जलाउने १५ जना पक्राउ

जेनजी आन्दोलनमा सरकारी कार्यालय र व्यक्तिका घर जलाउने १५ जना पक्राउ

सोमवार , मंसिर २२, २०८२

सिन्धुली। सिन्धुलीका सरकारी, पार्टी कार्यालय र व्यक्तिका घर जलाएको आरोपमा १५ जना पक्राउ परेका छन्।

जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालय र व्यक्तिका घर जलाउनेलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्लामा ८ मंसिरदेखि विशेष अपरेसन सञ्चालन गरेर संलग्न व्यक्ति पक्राउ गरिएको सिन्धुली प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय सुजन साह, ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, ४७ वर्षीय फौद थापामगर, ३० वर्षीय सुजन गौतम, २५ वर्षीय पपुकुमार साह, २७ वर्षीय रबन चौधरी, ३१ वर्षीय क्षितिज श्रेष्ठ, २२ वर्षीय देवनन्दन साह, २४ वर्षीय सविन लामा, २३ वर्षीय डोरबहादुर सार्की, राजु महरा, २५ वर्षीय होमबहादुर लुंगेली, ३४ वर्षीय ओमबहादुर खत्री, ३० वर्षीय कमल पाख्रिन र २५ वर्षीय हरिचन सोनार रहेका छन्।

पक्राउ परेकालाई आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको छ।

जेनजी आन्दोलनका बेला जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय, मालपोत कार्यालय, कमलामाई नगरपालिका भवन (५ र ६ नम्बर वडा कार्यालयसहित), कमलामाई नगरपालिका वडा ४, ५ र ६ कार्यालय र कारागार कार्यालय एमाले, कांग्रेस र माओवादी पार्टी कार्यालय जलाइएको थियो।

यसैगरी आन्दोलनका क्रममा पूर्वसांसद श्याम घिमिरे, राजन दाहाल, छत्र बम्जन, मेयर उपेन्द्र पोखरेल, पूर्यमेयर खड्गबहादुर खत्री र महेन्द्रदेव श्रेष्ठको घर जलाइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077