Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छौं, कसैको धम्कीले डराउँदैनौं: प्रधानमन्त्री कार्की

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छौं, कसैको धम्कीले डराउँदैनौं: प्रधानमन्त्री कार्की

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार रहेको बताएकी छिन्।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरूले सुशासनका निमित्त काम गर्ने र कसैको धम्कीसँग नडराउने बताएकी हुन् ।

उनले भनिन्, ‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’

भ्रष्टाचारविरुद्ध राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्।

साथै सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न उनले आग्रह पनि गरिन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077