Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट, के भयो कुराकानी ?

प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट, के भयो कुराकानी ?

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन्।

गुरुङले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट गरेका हुन् ।

भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए।

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याएर राष्ट्रपति समक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो।

यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077