पाल्पा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पाबाट नेपाली कांग्रेसका तर्फबाट सन्दीप रानाको नाम सिफारिस भएको छ ।
बुधबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले क्षेत्र नम्बर- १ बाट प्रत्यक्षतर्फ रानालाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेसका विभित्र तहमा रहेका नेताहरुको उपस्थितिमा बैठकले रामपुर नगरपालिका- ७ निवासी रानाको नाम एकल सिफारिस गरेको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको पाल्पाबाट एकल उम्मेदवार भएका राना नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।
राना भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव हुन् ।
भारतीय जनता पार्टीसँग निकट मानिने राना उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग नजिक छन् ।
लामो समय भारतमा बिताएका उनी विगत ६ वर्षयता भने नेपालमा बस्दै आएका छन्।