Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं जाँदै गरेको बस लमहीमा दुर्घटना

काठमाडौं जाँदै गरेको बस लमहीमा दुर्घटना

बिहिवार , मंसिर २५, २०८२

दाङ । दाङको लमहीमा बस दुर्घटना भएको छ ।

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान दाङको लमही नगरपालिका-१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।

घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बसमा ३८ जना सवार थिए ।

पट्टा भाँचिएर बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077