Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभा निर्वाचनका लागि देउवा डडेल्धुराबाट एकल सिफारिस

प्रतिनिधि सभा निर्वाचनका लागि देउवा डडेल्धुराबाट एकल सिफारिस

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएका छन्।

जिल्ला कार्यसमिति डडेल्धुराको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गरेको हो।

पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको जिल्ला काँग्रेस सभापति भीमबहादुर साउदले जानकारी दिए।

देउवाले मंगलबार मात्रै गृहजिल्ला डडेलधुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग महाराजगन्जस्थित निवासमा कुराकानी गर्दे
अन्तिम पटक चुनाव लड्ने बताएका थिए।

सभापति देउवा २०४८ पछि भएका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका नेता हुन् ।

उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077