Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मिराज समूहलाई प्रहरीले सिंहदरबारको गेटबाट हटायो

मिराज समूहलाई प्रहरीले सिंहदरबारको गेटबाट हटायो

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट हटाएको छ।

बुधबार सरकार र जेनजीबीच भएको सहमतिको खुलेर विरोध गर्दै समूहले बिहीबार पनि सिंहदरबार अगाडि प्रदर्शन जारी राखेको थियो।

निषेधित क्षेत्र मानिएको सिंहदरबारको दक्षिण गेटमा जमेका प्रदर्शनकारीलाई प्रहरीले साँझतिर हटाएको हो। समूहका अगुवा हरिश भट्टले आफूहरूलाई प्रहरीले बलपूर्वक हटाएको जानकारी दिए।

सरकार–जेनजीबीचको सहमतिप्रति असन्तुष्टि जनाउँदै आएको मिराज ढुंगाना समूहले सहमति खारेज गर्न माग गर्दै निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077