Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री पाण्डेको घोषणा

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने काँग्रेस सहमहामन्त्री पाण्डेको घोषणा

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरू जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् ।

चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन ।

पाण्डेले भने- 'सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ ।'

पूर्वमन्त्री पाण्डेले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरूलाई मौका दिने बताए ।

पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गर्दै आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्।

२०७९ को निर्वाचनमा बाजुराबाट एमालेका कर्ण थापालाई पराजित गरेका पाण्डे जेन जेड आन्दोलनबाट अपदस्त भएको केपी ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077