Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण (सूचीसहित)

एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण (सूचीसहित)

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । एमपीएस (मास्टर्स अफ पुलिस साइन्स) को प्रवेश परीक्षामा १६ प्रहरी नायब उपरीक्षक (डीएसपी) उत्तीर्ण भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दै १६ जनाको नाम प्रकाशन गरेको छ ।

२०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका हाल डीएसपी बनेकाहरुले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए ।

जसमध्ये १६ जना मात्रै उत्तिर्ण भएका हुन् । उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन्

नेपाल प्रहरीमा पहिलो पटक ०७० सालमा भर्ना भएका इन्स्पेक्टरबाट स्टाफ कलेज लागु गरिएको छ । यसअघि एमपीएस कोर्स तत्काल सुरु गर्न नहुने भन्दै २०७० ब्याचका प्रहरी डीएसपीहरू सर्वोच्च समेत पुगेका थिए । तर ,स्टाफ कलेज नगर्नेहरू एसएसपीभन्दा माथिल्लो पदमा बढुवा नगर्ने नीति प्रहरी प्रधान कार्यालयले अघि सारेको छ ।

यी हुन् उत्तीर्ण भएका डीएसपी

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077