Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको बिहान ९ बजे आकस्मिक बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशन दिइएको छ।

बैठकमा महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077