Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक: पूर्वमन्त्री उपाध्यायको निधनमा तीन दिन पार्टीको झण्डा झुकाइने

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक: पूर्वमन्त्री उपाध्यायको निधनमा तीन दिन पार्टीको झण्डा झुकाइने

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक केन्द्रिय कार्यसमितिको बैठकले पूर्वमन्त्री उपाध्यायको निधनमा शोक प्रश्ताव पारित गरेको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनको योद्धा उपाध्यायको ९१ वर्षको उमेरमा क्यान्सरका कारण गत शनिबार निधन भएको थियो ।

उपाध्याय २०५१ सालमा राष्ट्रिय सभा सदस्य र तत्कालिन मोरङ क्षेत्र नम्बर–१ बाट दुई पटक निर्वाचित सांसद समेत हुन् । २०५६ सालको उपनिर्वाचनमा निर्वाचित भएपछि उनी शिक्षामन्त्री बनेका थिए ।

उपाध्यायले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि जित हाँसिल गरेका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समेत उनी उम्मेद्वार रहेका थिए ।

बैठकले शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति समवेदना प्रकट गरेको पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले बताइन् ।

उपाध्यायका अनुसार कांग्रेसले मंसिर २९, पुस १ र २ गते गरी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यलय, प्रदेश र जिल्ला कार्यलयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

बैठकले पुस १ गते तीन वटै तहका पार्टी कार्यलय बन्द गर्ने, स्वार्गरोहणको १३ दिनसम्म तीन वटै तहका पार्टी कार्यलयमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077