Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानसेनापतिसँग आयोगको सोधपुछ, पूर्वप्रधानमन्त्री र गृहमन्त्री बोलाउने तयारी

प्रधानसेनापतिसँग आयोगको सोधपुछ, पूर्वप्रधानमन्त्री र गृहमन्त्री बोलाउने तयारी

मंगलवार , पौष १, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग सोधपुछ गरेको छ ।

आयोगले सिंहदरबारस्थित कार्यालयमा उपस्थित गराएर २३ र २४ भदौका आन्दोलनका क्रममा सेना परिचालनको निर्णय, आदेश प्रक्रिया र कार्यान्वयनबारे विस्तृत जानकारी लिएको हो ।

अपरान्ह ५ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेका सिग्देलले त्यहाँ करिब आधा घण्टा बिताएका थिए।

आयोगका अनुसार विशेषगरी २४ भदौको आन्दोलनका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायत संवेदनशील निकायमा सेनाको परिचालन कसरी र किन गरिएको थियो भन्ने विषयमा प्रधानसेनापतिसँग स्पष्टिकरण मागिएको छ।

ती संरचना जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि सार्वजनिक आलोचना बढिरहेका बेला आयोगले तथ्यगत विवरण संकलनलाई तीव्र बनाएको हो।

यसअघि आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, साथै तत्कालीन मुख्यसचिवसँग पनि सोधपुछ गरिसकेको छ। आयोगले अब तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाउने तयारी गरेको छ।

आयोगको कार्यकाल समाप्त हुन अब नौ दिन मात्र बाँकी रहेकाले बाँकी उच्च तहका जिम्मेवार पदाधिकारीसँगको सोधपुछ छिटो टुंग्याएर प्रतिवेदन तयार गर्ने तयारीमा आयोग जुटेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077