Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेठा छोरा–जेठी छोरी जेनजीसँगको सम्झौताको विरोध गर्दा पक्राउ परेकालाई रिहा गर्न ढुंगानाको माग

जेठा छोरा–जेठी छोरी जेनजीसँगको सम्झौताको विरोध गर्दा पक्राउ परेकालाई रिहा गर्न ढुंगानाको माग

मंगलवार , पौष १, २०८२

काठमाडौं । जेनजी अभियान्ता मिराज ढुंगानाले 'गरिखान देऊ अभियान'का अमृत कुमार बोहरा र प्रकाश शर्मालाई यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध बालुवाटारमा प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका थिए । तर जेनजी अभियान्ता ढुंगानाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनीहरुलाई विना सर्त यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, 'सरकार निकट जेनजी तथाकथित जेठा छोरा र जेठी छोरीका समूहसँग मंसिर २४ गते गरिएको छलपूर्ण 'ललिपप सम्झौता'का ललिपप र सम्झौता पत्रसहित प्रधानमन्त्री निवासमा फिर्ता गर्न आयोजित शान्तिपूर्ण कार्यक्रममा गरिखान देऊ अभियानका अमृत कुमार बोहरा र प्रकाश शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको हामी घोर निन्दा गर्दछौं । साथै, उहाँहरूलाई विना सर्त यथाशीघ्र रिहा गर्न हामी जोडदार माग गर्दछौं ।'

सरकारले जेनजी विद्रोहका मागहरू पूरा गर्ने नाममा झुठा आश्वासनसहितको सम्झौता गरेको भन्दै त्यसविरुद्ध मंगलबार साँझ सो समूहले प्रदर्शन गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077