Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिड्नी गोलीकाण्ड : मुख्य आरोपी साजिद भारतीय भएको पुष्टि

सिड्नी गोलीकाण्ड : मुख्य आरोपी साजिद भारतीय भएको पुष्टि

बुधवार , पौष २, २०८२

एजेन्सी । अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बीचमा डिसेम्बर १४ मा भएको घातक हमलाका मुख्य आरोपी साजिद अकरम दक्षिण भारतीय सहर हैदराबादका बासिन्दा रहेको खुलेको छ ।

भारतको तेलङ्गाना प्रहरीले साजिद भारतीय नागरिक भएको पुष्टि गर्दै भारतमा उनको कुनै आपत्तिजनक वा कट्टरपन्थी गतिविधिसम्बन्धी रेकर्ड नदेखिएको जनाएको छ ।

तेलङ्गाना प्रहरीले जारी गरेको विज्ञप्तिमा साजिदका परिवारसँग सीमित सम्पर्क मात्र रहेको र उनका कट्टरपन्थी विचार वा गतिविधिबारे परिवारलाई कुनै जानकारी नभएको उल्लेख गरिएको छ।

प्रहरीका अनुसार साजिद सन् १९९८ मा अस्ट्रेलिया गएपछि अहिलेसम्म छ पटक भारत आएका थिए, ती भ्रमणहरू प्रायः पारिवारिक कारणले भएको बताइएको छ।

प्रहरीले सिड्नीमा भएको गोलीकाण्डमा संलग्न भनिएका बाबुछोरा साजिद र नावेद अकरमको कट्टरपन्थी सोचसँग भारत वा तेलङ्गानासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको स्पष्ट पारेको छ। भारतभित्र उनीहरूविरुद्ध कुनै आपराधिक गतिविधिको तथ्य फेला नपरेको पनि प्रहरीले जनाएको छ।

यसैबीच, अस्ट्रेलियाली प्रहरीले साजिद र उनका छोरा नावेद गत महिना फिलिपिन्स गएको पुष्टि गरेको छ। प्रहरीका अनुसार साजिद भारतीय राहदानीमा र नावेद अस्ट्रेलियाली राहदानीमा यात्रा गरिरहेका थिए।

यद्यपि, उनीहरूको यात्राको उद्देश्य अझै स्पष्ट नभएको र कुनै आतंकवादी संगठनसँग प्रत्यक्ष सम्बन्ध वा तालिम लिएको पुष्टि नभएको अधिकारीहरूले बताएका छन्। डिसेम्बर १४ मा भएको उक्त हमलामा १५ जनाको ज्यान गएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077