काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको आजको बैठकमा निर्वाचनसम्बन्धी कार्यतालिका र अनुसूचीबारे केही महत्त्वपूर्ण निर्णय हुन सक्ने सम्भावना रहेको सिंहदरवार स्रोतले जनाएको छ ।
बैठकमा सम्बन्धित मन्त्रालयहरूले पेश गरेका नियमित प्रस्तावहरूमाथि समेत छलफल तथा निर्णय हुने कार्यसूची रहेको छ।