Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु

शनिवार , पौष ५, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा र्याली सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्याली सुरु भएको हो ।

बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले एकता सन्देश सभा आयोजना गरेको हो ।

सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

पार्टीले एकताको सन्देशसहित आगामी राजनीतिक क्रियाकलापमा जनसमर्थन जुटाउन यस कार्यक्रमलाई महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077