Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भरुवा बन्दुक पड्किँदा २६ वर्षीय युवकको मृत्यु

भरुवा बन्दुक पड्किँदा २६ वर्षीय युवकको मृत्यु

आइतवार , पौष ६, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृत्यु हुनेमा मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षीयका फुर्वा रेञ्जु शेर्पा रहेका छन्।

प्रहरीका अनुसार अलैंची बारीमा भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक पड्किएपछि उनको घाँटीमा गोली लागेको थियो।

घटना भएको जानकारी पाएपछि लगत्तै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले फुर्वा रेञ्जीसँगै गएका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ। प्रहरीले आवश्यक अनुसन्धानका लागि भतिजलाई पनि नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077