Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अवैध रूपमा लुकाइएका तीन थान भरुवा बन्दुक फेला

अवैध रूपमा लुकाइएका तीन थान भरुवा बन्दुक फेला

बिहिवार , जेठ १४, २०८३

सल्यान । सल्यानमा सामुदायिक वनभित्र लुकाई-छिपाई राखेको अवस्थामा तीन थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।

जिल्लाको बनगाड कुपिन्डे नगरपालिका- १२, चौरस्थित सिद्धगुफा सामुदायिक वनमा बेवारिसे अवस्थामा उक्त बन्दुक प्रहरीले फेला पारेको हो ।

सामुदायिक वन बेवारिसे अवस्थामा अवैध भरुवा बन्दुक रहेको गोप्य सूचनाको आधारमा खोजतलास गर्दा उक्त बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सल्यान प्रहरीका अनुसार फेला परेका बन्दुक कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077