तनहुँ । तनहुँमा दुईथान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवघाट-४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।
ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई बन्दुकसहित देवघाट गाउँपालिका-४ रिस्ती खोलाबाट पक्राउ गरेको थियो ।
उनीहरूका साथबाट बारुद जस्तो देखिने कालो पदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान जिल्ला प्रहरी कार्यालयले जनएको छ ।