Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, तीन फरार

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, तीन फरार

मंगलवार , जेठ १२, २०८३

सर्लाही । सर्लाहीमा एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीकै बागमती नगरपालिका-२ सुकुम्वासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान रहेका छन् । 

प्रहरीका अनुसार सोमबार बरहथवा नगरपालिका–१२ स्थित लौकट टोलमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट खटिएको संयुक्त टोलीले खोजतलास  गरेको थियो।

तीन–चार जनाको उक्त समूह प्रहरीलाई देख्नासाथ भागेका थिए । तीमध्ये घलान मात्रै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनको साथबाट भरुवा बन्दुक १ थान, सोही बन्दुकको फलामको रड १ थान, प्लाष्टिकको डब्बासहित कालो रंगको धुलो पदार्थ ३५ ग्राम र स्टिलको डब्बासहित कालो रंगको धुलो पदार्थ १४० ग्राम, साइकलमा प्रयोग हुने फलामको बल ८० थान र फलामको रडको टुक्रा ५  थान बरामद गरिएको छ ।

उनलाई हातहतियार खरखजानासम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको छ ।यस्तै फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077