Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फोटो खिच्न समातेको बन्दुक पड्कियो, महराको मृत्यु

फोटो खिच्न समातेको बन्दुक पड्कियो, महराको मृत्यु

बुधवार , फाल्गुण २७, २०८२

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–२ बसौटीमा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ ।

मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुबास महरा गम्भीर घाइते भएका थिए।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा हाल आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए।

बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077